

काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूल कानुन-‘नेपालको संविधान’ जारी भएको ११ वर्ष पूरा भएको छ। २०७२ असोज ३ गते ऐतिहासिक संविधानसभाबाट घोषित संविधानको खुसीयालीमा आज देशभर विभिन्न कार्यक्रम गरी ११औं संविधान तथा राष्ट्रिय दिवस मनाइँदै छ।
काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ भने संघ, प्रदेश, स्थानीय सरकार तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा विविध कार्यक्रम भइरहेका छन्।
तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट जारी गरेको ३५ भाग, ३०८ धारा र ९ अनुसूचीयुक्त यो संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आत्मसात गरेको छ। धर्मनिरपेक्षता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादप्रति प्रतिबद्ध रहँदै समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प संविधानले लिएको छ।
अधिकार प्राप्तिको जनआन्दोलनपछि बनेको यो संविधानले नेपाली जनतालाई पूर्ण सार्वभौमसत्ता सम्पन्न बनाएको छ। संविधानका मर्म र नागरिक अधिकारको पूर्ण कार्यान्वयनमार्फत मुलुकलाई आर्थिक(सामाजिक समृद्धितर्फ लैजाने चुनौती भने अझै कायम छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |