• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन १७, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

१८ घण्टा अघि
२

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु,१० घाइते

१९ घण्टा अघि
३

सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

१ दिन अघि
४

१५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

१ दिन अघि
५

आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

१ दिन अघि
६

प्रधानमन्त्रीको संसद अनुपस्थितिलाई लिएर कांग्रेसको प्रश्न

२ दिन अघि
७

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन अन्त्य

२ दिन अघि
८

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

५ दिन अघि
९

दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

५ दिन अघि
१०

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

६ दिन अघि
११

पाल्पामा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता : कालीगण्डकीको बाढीले पुल बगायो

६ दिन अघि
१२

सामन्तवादका सन्तान: नेपालका सबै दल किन एउटै सामन्ती परिवारका सदस्य हुन् ? 

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

  • २०८३ आश्विन १६, शुक्रबार (१ दिन अघि)

  • काठमाडौँ : सत्य, अहिंसा, शान्ति र मानवताको सन्देश प्रवाह गर्दै २०औँ शान्ति दिवस तथा १५७औँ महात्मा गान्धी जयन्ती नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठी काठमाडौँमा भव्य रूपमा मनाइएको छ।

    शान्ति समाज नेपालका संस्थापक अध्यक्ष तथा गान्धीवादी नेता कृष्ण पहाडीको प्रमुख आतिथ्य तथा आश्रमकी कार्यवाहक अध्यक्ष गोमा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गान्धीका विचार र दर्शनको वर्तमान सन्दर्भमाथि चर्चा गरियो।

    कार्यक्रममा रामकृष्ण मिसन, नेपालका प्रमुख स्वामी एकार्थनाथ, वरिष्ठ अधिवक्ता तथा मुख्य गुठियार विपुलेन्द्र चक्रवर्ती, युवा नेता शंकर तिवारी तथा भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन (देवकी नन्दन) ले शुभकामना मन्तव्य व्यक्त गर्दै गान्धीले प्रतिपादन गरेको सत्य, अहिंसा र शान्तिको मार्गलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

    युवा नेता शंकर तिवारीले गुठी १०० वर्षसम्म निरन्तर सञ्चालन भएकोमा हर्ष व्यक्त गर्दै संस्थामा बुढ्यौली आउन नदिन नयाँ कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो। वरिष्ठ गुठियार विपुलेन्द्र चक्रवर्तीले गान्धीभन्दा २४ वर्षपछि जन्मिएका लालबहादुर शास्त्री पनि एक आदर्श व्यक्तिका रूपमा भारतमा जन्मिएर प्रधानमन्त्रीसम्म बनेको प्रसंग स्मरण गराउनुभयो। भारतीय राजदूतावासका प्रथम सचिवले गान्धीका विचार आज विश्वभर सम्मानित हुँदै गएको चर्चा गर्दै अहिंसा र सत्य कहिल्यै नमासिने बताउनुभयो।

    प्रमुख अतिथिको आसनबाट बोल्दै कृष्ण पहाडीले मानव अधिकार तथा शान्ति समाजको पहिलो आदर्श नै अहिंसा रहेको बताउनुभयो। प्रकृतिमाथिको दोहन र युद्धले पुर्‍याएको जनधनको क्षतिजस्ता समस्या समाधानका लागि गान्धी दर्शनले प्रेरणा दिने उल्लेख गर्दै उहाँले तुलसीमेहर श्रेष्ठको योगदानलाई पठनपाठनको विषय बनाउनुपर्नेमा जोड दिनुभयो।

    आश्रमकै भगवती थापा समूहको गान्धी भजनबाट सुरु भएको कार्यक्रममा संस्थामा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्‍याउनुभएका ८ जना महानुभावहरूलाई सम्मान गरिएको थियो। वयोवृद्ध सदस्यहरू इन्दिरा सापकोटा र नरपाल खत्रीलाई समेत सम्मान गरिएको सो कार्यक्रममा सम्मानपत्रको वाचन महासचिव मनहरि खड्काले गर्नुभएको थियो।

    कार्यक्रमको सञ्चालन गुठीका सहसचिव सुरज भट्टराईले र स्वागत मन्तव्य कार्यकारिणी सदस्य प्रेम लामिछानेले गर्नुभएको थियो। धन्यवाद ज्ञापनसहित आफ्नो मन्तव्य राख्दै स्वराज अभियन्ता एवं उपाध्यक्ष केशवप्रसाद चौलागाईंले पृथ्वीको तापक्रम वृद्धि तथा बाढी-पहिरोका कारणहरूबारे प्रकाश पार्नुभयो। उहाँले पृथ्वीको तापक्रम बढ्नुमा ब्रह्माण्डमा रहेको ‘डार्क इनर्जी’ र विस्तार भइरहेको ब्रह्माण्ड पनि कारण रहेको धारणा राख्नुभयो। साथै मानव निर्मित कार्बन डाइअक्साइड उत्सर्जन गर्ने उद्योगहरू जिम्मेवार रहेकाले प्रकृतिमाथि भइरहेको हिंसा रोक्नुपर्नेमा उहाँको जोड थियो।

    गान्धीसँगै बसेर नेपाल फर्किएका संस्थापक तुलसीमेहरले झैँ आफूहरूले पनि गान्धी दर्शनलाई द्वन्द्व व्यवस्थापन र महिला हिंसा उन्मूलनजस्ता अनुसन्धान तथा कार्यक्रममार्फत नवीनता दिन सकेको उहाँले बताउनुभयो। गान्धीले उठाउनुभएको स्वराज्यको भावना ऋग्वेदको सिद्धान्त र सत्यको भावना वाल्मीकि रामायणमा आधारित रहेको उल्लेख गर्दै उहाँले यसको शास्त्रीय आधारसमेत स्पष्ट पार्नुभएको थियो।

    कार्यक्रमले बदलिँदो सामाजिक परिवेशमा गान्धीका सत्य, अहिंसा, सद्भाव र मानवताका विचारलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा शान्तिपूर्ण समाज निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    • #गान्धी जयन्ती मनाइयो
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु,१० घाइते

    १५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

    आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

    प्रधानमन्त्रीको संसद अनुपस्थितिलाई लिएर कांग्रेसको प्रश्न

    राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन अन्त्य

    ताजा समाचार
    १

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    २

    नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु,१० घाइते

    ३

    सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

    ४

    १५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

    ५

    आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

    ६

    प्रधानमन्त्रीको संसद अनुपस्थितिलाई लिएर कांग्रेसको प्रश्न

    ७

    राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन अन्त्य

    ८

    पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति एमालेको आपत्ति

    ९

    दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

    १०

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    समाचार
    थप

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    सत्य र अहिंसाको सन्देशसँगै गान्धी जयन्ती मनाइयो

    १५औँ महाधिवेशन : कांग्रेसले तामझाम नगर्ने,डिजिटल प्रचारमा जोड

    आईपीयू महासभामा सहभागी हुन सभामुख डीपी अर्याल स्वीट्जरल्यान्ड जाँदै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution