काठमाडौँ : सांसद खगेन्द्र सुनार जोडिएको विवादास्पद टेलिफोन सम्वाद प्रकरणमा आवश्यक परे सरकारले विधिसम्मत रूपमा अनुसन्धान अघि बढाउने भएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै घटनाको प्रक्रियागत छानबिन हुने बताएका हुन् ।
‘सरकारले कुनै पनि मुद्दालाई दबाउने कुरा हुँदैन। आवश्यक पर्दा अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री तिमल्सिनाले भने।
सांसद सुनारले एक महिलालाई अश्लील शब्द प्रयोग गरी गालीगलौज र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै अनुशासन आयोगमार्फत छानबिन चलाइरहेको छ। तर, महिला हिंसासँग जोडिएको यस गम्भीर विषयमा सरकारी निकायको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला सरकारको यस्तो धारणा बाहिर आएको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |