काठमाडौँ : सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायका रिक्त पदमा ६११ जनाको नियुक्ति गरिएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले नियमित ब्रिफिङमा उक्त जानकारी दिएका हुन्।
अर्यालका अनुसार पूर्वपदाधिकारीको पदमुक्तिपछि ८० निकायमा ४१९ जना, मन्त्रिपरिषद्बाट १४ र विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा १७८ जना नियुक्त भएका छन्। बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्क सुधारका लागि रायसुझाव दिइएको तथा बेरुजु फछ्र्यौटका लागि सिन्धुपाल्चोक कोलेनिकाको अनुगमन गरिएको उनले बताए।
सोही क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाइएको छ। यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ९४ करोड ३१ लाखभन्दा बढी रकम जम्मा भएको जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |