काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन् ।
आज (शनिबार) बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बैठक डाकिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सञ्चारकर्मीहरूमाथि प्रहरी धरपकड तथा अन्य समसामयिक विषयहरूमा छलफल हुने अनुमान गरिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |