काठमाडौँ : पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँगै नेपाली समाजमा देखिएको पुस्तागत सोचको भिन्नतालाई पनि उजागर गरेको ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभराज पन्तले बताएका छन्।
उनले सामाजिक सञ्जाल र बालेन शाहका स्टाटस पढेर राजनीतिक धारणा बनाउने नयाँ पुस्ता तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको पुस्ताबीच दृष्टिकोणको अन्तर रहेको उल्लेख गरेका छन्।
पन्तका अनुसार अहिलेको आवश्यकता पुस्ताबीच द्वन्द्व बढाउने नभई संवाद र सहकार्यको वातावरण बनाउनु हो। राष्ट्रिय सुरक्षा, संवेदनशील सूचनाको संरक्षण र पत्रकारको पेसागत अधिकारलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
जङ्गी अड्डा, प्रहरी, सिंहदरबार, सामाजिक सञ्जाल र युवा पुस्ताबीच बढ्दो अविश्वासले राज्य र नागरिकबीच दूरी बढाउन सक्ने उनको विश्लेषण छ।
राज्यका संस्थालाई बलियो बनाउँदै पुस्तागत दूरी घटाउन साझा राष्ट्रिय अभियानमार्फत बृहत् संवाद र सहमति आवश्यक रहेको उनले बताएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |