काठमाडौँ : लगातार परेको पानीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल्न योग्य नभएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका लागि तय भएको पहिलो खेल रद्द भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार दिउँसो साढे १२ बजे हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको प्रतिस्पर्धा वर्षाका कारण रद्द गरिएको हो। प्रतियोगितामा रिजर्भ डे को व्यवस्था नरहेकाले खेल नतिजाविहीन भएसँगै दुवै टोलीले समान एक एक अंक बाँडेका छन्।
शनिबारका लागि निर्धारित दोस्रो खेल भने अपराह्न साढे ४ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच हुने तालिका रहेको छ। तर, मौसम प्रतिकूल रहेकाले उक्त खेल पनि सञ्चालन हुनेमा अन्योल कायम छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |