काठमाडौँ ः सरकारका पछिल्ला निर्णयलाई लिएर राजनीतिक तथा प्रशासनिक वृत्तमा असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ३ बजेका लागि बैठक तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड र निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने सरकारका निर्णयले पछिल्लो समय सार्वजनिक बहस र राजनीतिक विवाद निम्त्याएका छन् । ती कदमको विभिन्न क्षेत्रबाट आलोचना भइरहेका बेला बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ ।
यसअघि गत असोज ३० गते मन्त्रिपरिषद्को बैठक बसेको थियो । त्यसयता विकसित राजनीतिक घटनाक्रम र सरकारका निर्णयमाथि उठेका प्रश्नका सन्दर्भमा आजको बैठक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै प्रशासनिक र नीतिगत विषयमा छलफल हुनेछ । केही महत्त्वपूर्ण निर्णयसमेत हुन सक्ने अनुमान गरिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |