काठमाडौँ : सरकारले पदमुक्त गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की न्यायिक उपचार खोज्दै सर्वोच्च अदालत जाने तयारीमा लागेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बर्खास्त गर्दै डा. मनोजकुमार केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको थियो।
सरकारको निर्णयपछि कार्कीले अदालत जाने विषयमा कानुन व्यवसायीसँग छलफल गरेको बुझिएको छ ।
बुधबार नै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने प्रयास भइरहेको बताइएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |