काठमाडौं : सुनमा लगाइएको विलासिता कर र भ्याटको विरोधमा बिहीबार माईतीघर मण्डलामा हजारौं सुनचाँदी व्यवसायी, कालिगढ र कर्मचारीहरूको वृहद् प्रदर्शन भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको संयुक्त आयोजनामा भएको यो र्यालीले वानेश्वरमा पुगेर कोणसभाको रूप लिएको थियो । करिब एक महिनादेखि पसल बन्द गरेर आन्दोलनरत व्यवसायीहरूले सुनलाई विलासी वस्तुबाट हटाउनुपर्ने,सुनचाँदी नीति ल्याइनुपर्नेू र कोटा प्रणाली खारेज गर्नुपर्नेू माग राख्दै आएका छन् ।
महासंघ अध्यक्ष किसान सुनारले माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने बताउँदै उद्योग वाणिज्य महासंघ, चेम्बरलगायत अन्य व्यवसायिक संघसंस्थालाई समेत संघर्षमा उतारिने चेतावनी दिए । संघर्ष समितिका संयोजक विपिन रामुदामुले ूविलासी कर र भ्याट हटाउने मात्र होइन, प्याकेजमै सहमति हुनुपर्छू भन्दै, कोटा प्रणालीले साना व्यवसायी तहसनहस बनेको तर्क गरे ।
कार्यक्रममा सहभागीहरुले सुनचाँदी पूर्खौली पेशा मास्न पाइँदैन, कोटा खारेज गरू, विलासी कर खारेज गरू जस्ता नारा लगाएका थिए । सरकारले वार्तामा बोलाए पनि माग पुरा नभए कडा आन्दोलनको तयारी भइरहेको उनीहरूको चेतावनी छ ।