


काठमाडौँ : नेकपा एमालेभित्र आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहस चर्किएका बेला अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनअघि आफूले पद नछाड्ने अडान लिएका छन्। लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले पार्टी अफ्यारोमा परेको समयमा नेतृत्व छाडेर नहिँड्ने बताएका हुन्।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएपछि एमालेभित्र नयाँ तरङ्ग पैदा भएको छ। यसै सन्दर्भमा बोल्दै ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने हल्ला फैलाउने र पुनर्गठनको बहस गर्नेहरूलाई अराजकु र आवाराु को संज्ञा दिए। विरोधीको तीव्र प्रहार भइरहेका बेला पार्टीभित्र यस्तो अनुशासनहीनता स्वीकार्य नहुने उनको चेतावनी थियो।
कार्यकर्ताको अत्यधिक मतबाट नेतृत्वमा आएकाले अर्को महाधिवेशनसम्म पार्टी चलाउने दाबी गर्दै ओलीले आगामी केन्द्रीय कमिटी बैठकपछि विधि र विधानविपरीत जानेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |