काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई अवैधानिक रूपमा उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाएको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन्।
महामन्त्री धवलशम्शेर राणासहितका नेता-कार्यकर्ताको साथमा आयोग पुगेका गिरीले पार्टी विधानविपरीत कारबाही भएको दाबी गर्दै हस्तक्षेपको माग गरेका हुन्। ‘पार्टीलाई विधानअनुसार सञ्चालन गर्न माग गर्दा कारबाहीमा पारियो,’ उनले उजुरीपछि प्रतिक्रिया दिए।
गिरीमाथिको कारबाही फिर्ता लिन राप्रपाभित्रको इतर समूह र कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले अपील गरेका छन्।
यसअघि अनुशासन समिति संयोजक पदबाट हटाइएका नवराज सुवेदी पनि कारबाही अवैधानिक भएको दाबी गर्दै आयोग गएका थिए।