काठमाडौं : क्रिस्टल प्यालेसले कम्युनिटी शिल्ड जितेको छ। आइतबार वेम्बलीमा भएको पेनाल्टी सुटआउटमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै क्रिस्टलले उपाधि जितेको हो ।
इङ्लिस शीर्ष लिगको नयाँ सिजनको ‘कर्टेन–रेजर’ खेल ९० मिनेटपछि २–२ को बराबरीमा सकिएको थियो।एफए कप विजेता प्यालेसले १७औं मिनेटमा जा–फिलिप माटेटाको पेनाल्टी र ७७औं मिनेटमा इस्माइला सारको गोलमार्फत लिभरपुलको अग्रता दुई पटक बराबरीमा ल्यायो। लिभरपुलका हुगो एकिटिकेले चौथो मिनेटमा र जेरेमी फ्रिम्पोङले २१औं मिनेटमा गोल गरेका थिए।
सुटआउटमा प्यालेस ३–२ ले विजयी भयो। गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी रोके भने मोहम्मद सालाहको प्रहार क्रसबारमाथि लाग्यो। अन्तिममा जस्टिन डेभेनीले टप–कर्नरमा निर्णायक प्रहार गर्दै प्यालेसलाई उपाधि दिलाए।