


धनगढी : रास्वपाका सभापति रवि लामिछानेले आगामी फागुन २१ देखि कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन् । धनगढीमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अब घोषणा–पत्रमा मात्र जनताको अधिकार लेखेर मत माग्ने युग समाप्त हुनुपर्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको माग पूरा गर्न पाँच वर्षको स्थायी सरकार आवश्यक रहेको दाबी गरे । ‘हामीले यसपटक पाँच वर्षको स्थायी सरकार मागेका छौं । वाचा गरेर पूरा नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘अब सजाय जनताले होइन, वाचा तोड्नेले पाउनुपर्छ ।’
उनले विगतका चुनावमा नेताहरू मात्र जित्ने प्रवृत्ति दोहोरिन नदिन आग्रह गर्दै यसपटक जनतालाई जिताउनुपर्ने बताए । मत विभाजन नगर्न मतदातालाई अपिल गर्दै उनले भारतसहित विदेशमा रहेका नेपालीलाई पनि सम्भव भए मतदानका लागि स्वदेश फर्किन आग्रह गरे ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |