


काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई तत्काल पदबाट नहटाउने निर्णय गरेका छन्। भक्तपुरको गुन्डुमा प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टिकाराम भण्डारी र कार्कीसँग भएको छलफलपछि ओलीले हाललाई कार्कीलाई नै काम गर्न दिने र पछि आवश्यक निर्णय लिने बताएका हुन्।
यसअघि ओलीले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारीस्वरूप कार्कीलाई राजीनामा दिन निर्देशन दिएका थिए। तर कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार दुई तिहाइ प्रदेशसभा सदस्यको विश्वासमा सरकारको नेतृत्व गरिरहेको भन्दै पद नछाड्ने अडान राखेका थिए।
उता, कार्कीलाई संसदीय दलको नेताबाट हटाउने तयारी पनि भएको थियो। तर एमाले प्रदेश संसदीय दलको विधानअनुसार त्यसका लागि दुई तिहाइ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्थापछि नेतृत्व परिवर्तनको प्रयास तत्कालका लागि रोकिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |