


काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाबारे समीक्षा गर्न बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्ने भएका छन्। सुवर्ण हलमा हुने बैठकमा अर्थतन्त्रका चुनौती, मौद्रिक नीतिको कार्यान्वयन र सुधारका सम्भावित उपायबारे विस्तृत छलफल हुनेछ।
मन्त्रालयले गभर्नर र डेपुटी गभर्नरसँग हुने नियमित समन्वयभन्दा फरक रूपमा पहिलो पटक कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवाद गर्न लागिएको जनाएको छ। मौद्रिक नीति निर्माण, बैंकिङ नियमन तथा वित्तीय प्रणालीको कार्यान्वयनमा प्रत्यक्ष संलग्न अधिकारीहरूको अनुभवका आधारमा अर्थतन्त्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्य बैठकको रहेको मन्त्रालयको भनाइ छ।
बैठकबाट समष्टिगत आर्थिक अवस्थाको यथार्थ मूल्यांकन गर्दै उपलब्ध मौद्रिक उपकरणको प्रभावकारी उपयोग र आगामी नीतिगत निर्णयका लागि आवश्यक सुझाव संकलन हुने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |