


काठमाडौं : भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण सरकारले सोमबार सार्वजनिक गर्ने जनाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिवेदनबारे विस्तृत जानकारी भने भोलि सार्वजनिक गरिने बताए।
जेनजी आन्दोलनसँग सम्बन्धित भदौ २३ र २४ का घटनाबारे जाँचबुझ गर्न गठित आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार छलफल भएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |