काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरले जेन जी आन्दोलनलाई लक्षित गर्दै मंगलबार बिहानदेखि कर्फ्यू आदेश जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ बमोजिम बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू लागू गरिएको हो।
प्रशासनले ललितपुर महानगरपालिका वडा नंवर २, ४, ५, १५ र २४ भित्र कसैले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
विज्ञप्तिअनुसार वडा नं। ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं। २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास र वडा नं। १ को च्यासल क्षेत्रमा कर्फ्यू आदेश लागू हुनेछ। कर्फ्यू आदेश प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको हस्ताक्षरमा जारी गरिएको हो।