


काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङले पानीको समस्या समाधान नगर्ने भन्दै यसले जमिनको क्षयीकरण र मरुभूमीकरणको जोखिम बढाउने चेतावनी दिएका छन्।
उनले जमिनको सतह घट्दै जाँदा भविष्यमा पानीको ठूलो अभाव सिर्जना हुने र तराई तथा पहाड दुवै क्षेत्रमा मरुभूमीकरणको खतरा बढ्ने उल्लेख गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा पानीको समस्या समाधान गर्न डिप बोरिङको विकल्प सुझाएसँगै गुरुङले यो अस्थायी समाधान मात्र भएको र यसले जमिन खोक्रो बनाएर भासिने जोखिम निम्त्याउने बताए।
उनले पानीको सतहलाई माथि उकास्न र मरुभूमीकरण रोक्न नदी, खोला र खोल्साको किनारामा स्थानीय प्रजातिका बिरुवा रोप्नुपर्ने तथा खोलाको ढुङ्गा बालुवा निकाल्न रोक्नुपर्नेमा जोड दिए। साथै, नदीको क्षयीकरण रोक्न सङ्घीय सरकारले कडा कानुन बनाउनुपर्ने उनको माग छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |