


काठमाडौँ : थापाथलीस्थित बागमती किनारको सुकुमबासी बस्ती सरकारले सुरक्षाकर्मी परिचालन गरी हटाएको छ।
सरकारी तथ्यांकअनुसार त्यहाँ बसोबास गर्ने करिब ९० प्रतिशतसँग अन्यत्र आफ्नै जग्गा रहेको खुलेको छ भने वास्तविक सुकुमबासी ५–७ प्रतिशत मात्र रहेको अनुमान गरिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणको २०८१ सालको सर्वेक्षणमा ३९१ जनाको विवरण संकलन गरिएको थियो।
भूमिसम्बन्धी कानुनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास निषेध गरेको छ र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने व्यवस्था छ। यसअघि पनि सरकारले यस्ता बस्ती व्यवस्थापनका प्रयास गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |