

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गङ्गा दाहालले राज्यका संवैधानिक तथा नियामक निकायले गर्ने जुनसुकै छानबिनमा पूर्ण सहयोग गर्ने बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सम्पत्ति विवरण छानबिन थालेको समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गरेकी हुन् ।
बिहीबार सामजिक सञ्जालमा दाहालले आफूले कुनै गैरकानुनी वा गलत काम गरेको पुष्टि भए कानुनबमोजिमको सजाय भोग्न तयार रहेको स्पष्ट पारिन्। राज्यका निकायले गर्ने निष्पक्ष अनुसन्धानका लागि म सधैँ खुला छु, उनले भनेकी छन्, तर बिनाकारण, बिनाप्रमाण र पूर्वाग्रहप्रेरित भएर लगाइने कपोलकल्पित आरोप भने स्वीकार्य छैन।
तथ्यहीन सूचनाका आधारमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले कानुनी प्रक्रियामा आफ्नो पूर्ण विश्वास रहेको दोहोर्याइन्। पूर्वप्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयमा समेत काम गरिसकेकी दाहालविरुद्ध पछिल्लो समय अस्वाभाविक सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेका आधारमा छानबिन अघि बढेको बताइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |