

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धा गरेर सबैभन्दा ठूलो शक्ति बन्ने दाबी गरेका छन् ।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने निर्वाचनमा कुनै दलसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने स्पष्ट पारे ।
अन्य राजनीतिक दल र क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उल्लेख गर्दै उनले प्रत्यक्ष निर्वाचनतर्फ नेकपाले एमालेभन्दा बढी सिट जित्ने अवस्था अहिले नै सुनिश्चित भइसकेको दाबी गरे ।
प्रचण्डका अनुसार पार्टी संगठन, उम्मेदवार र चुनावी तयारीले जनतामा विश्वास बढ्दै गएको छ र त्यसको असर परिणाममा प्रत्यक्ष देखिनेछ ।
