काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज जेनजी प्रतिनिधिहरूसँग छलफल गर्दै छन् ।
शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
छलफलमा जेनजी आन्दोलनको माग र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ। राष्ट्रपति पौडेलले हिजो अन्तरिम सरकारसहित सर्वदलीय बैठक डाकेका थिए । बैठकमा आगामी फागुन २१ गते हुने चुनावको विषयमा छलफल भएको थियो ।