

काठमाडौं : महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमाथिको छलफल लम्बिँदा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन एक दिन थपिएको छ ।
आइतबार सुरु भएको महाधिवेशन अब मंगलबारसम्म सञ्चालन हुने भएको हो । विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार प्रतिवेदनमाथि प्रतिनिधिहरूको धारणा राख्ने क्रम जारी रहेकाले महाधिवेशनको कार्यतालिका लम्बिएको हो ।
