

काठमाडौँ : सत्तारूढ दलका नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले डर, त्रास र धम्कीको सहारामा लामो समय शासनमा टिकिरहने भ्रमबाट मुक्त हुन सरकारलाई कडा चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले लोकतन्त्रमा चुनावमार्फत सत्ताफेर बदल भइरहने स्वाभाविक प्रक्रियालाई स्वीकार्न आग्रह गरे । ‘सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस्,’ प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भने, ‘अन्य कुरामा विश्वास लाग्दैन भने आफ्नै कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूका तस्बिर हेरेर भए पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुस् ।’
सांसद पुनले हालैको ुजेनजीु आन्दोलनलाई सामान्य घटनाका रूपमा नलिन सरकारलाई सचेत गराए । युवाहरूले उठाएका असन्तुष्टि र प्रश्नलाई राज्यले बेवास्ता गरे त्यो आक्रोश फेरि अर्को भयानक रूपमा विस्फोट हुन सक्ने उनको भनाइ थियो । जेनजी शहीद दिवसु मा देखिएको असन्तुष्टिले त्यसको स्पष्ट सङ्केत गरिसकेकाले समयमै गम्भीर बन्न उनले ध्यानाकर्षण गराए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |