


काठमाडौँ : विश्वविद्यालय र स्वास्थ्य शिक्षण संस्थाभित्र रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठन हटाउन प्रधानमन्त्री बालेन शाहले कडा निर्देशन दिएका छन्। सोमबार उपकुलपतिहरूसँग करिब साढे तीन घण्टा छलफल गर्दै उनले शैक्षिक संस्थामा कुनै बहानामा राजनीति स्वीकार्य नहुने स्पष्ट पारे।
उपकुलपतिहरूले भने पछिल्ला आन्दोलन र निर्वाचनपछि यस्ता गतिविधि घट्दै गएको जानकारी दिएका थिए। केहीले संगठन हटाउन खोज्दा धम्कीसमेत खेप्नुपरेको गुनासो गरेका छन्। प्रधानमन्त्रीले सुरक्षा अभाव भए सरकार तत्पर रहने आश्वासन दिए।
साथै, शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न र परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |