


काठमाडौं : जलविद्युत क्षेत्रमा लगानी गर्न चाहने सर्वसाधारण लगानीकर्ताका लागि विकाश हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन खुला गरेको छ।
आज (असार १८ गते) बाट सुरु भएको निष्कासनमा २९ लाख ४२ हजार ७६० कित्ता शेयर बिक्रीका लागि उपलब्ध गराइएको हो।आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि पहिले नै बाँडफाँट गरिसकेको शेयरपछि आम सर्वसाधारणलाई लगानीको अवसर प्रदान गरेको हो।
लगानीकर्ताले सिआस्बा प्रणालीमार्फत न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |