


काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस विपी राजमार्ग अन्तर्गत दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिए पनि घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ। बस दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको र तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |