


काठमाडौँ : फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार सोमबार राति पौने १ बजे सुरु हुने फाइनलमा आक्रमण र रक्षाको रोचक भिडन्त हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गर्दै प्रभावशाली प्रदर्शन गरेको छ भने स्पेनले केवल एक गोल मात्र बेहोरेको छ। फाइनलमा १९ वर्षीय लामिन यामाल र ३९ वर्षीय कप्तान लियोनेल मेस्सीको प्रतिस्पर्धा पनि आकर्षणको केन्द्र रहनेछ। मेस्सी आठ गोल र चार असिस्टसहित गोल्डेन बलका प्रमुख दाबेदार छन् भने गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पे १० गोलसहित अघि छन्।
स्पेन सन् २०१० पछि दोस्रो विश्वकप उपाधिको खोजीमा छ भने अर्जेन्टिना लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। दुई टोलीबीच हालसम्म १४ खेल हुँदा दुवैले समान ६-६ खेल जितेका छन् भने दुई खेल बराबरीमा टुंगिएका छन्। विश्वकपमा भने उनीहरू ६० वर्षपछि पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |