


काठमाडौँ : निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको आज संसदीय सुनुवाइ हुँदैछ। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको मंगलबार बिहान बस्ने बैठकमा दुवै उम्मेदवारको सुनुवाइ गर्ने कार्यसूची तय भएको छ।
संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले ओखलढुङ्गाका वाग्ले र काठमाडौँका डा। सुब्बालाई निर्वाचन आयुक्त पदका लागि सिफारिस गरेको थियो। सोही बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो।
समितिले यसअघि नै प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूविरुद्ध सर्वसाधारणबाट उजुरी आह्वान गरिसकेको छ। संसदीय सुनुवाइ समितिले प्रस्तावित नामहरू सर्वसम्मति वा दुई(तिहाइ बहुमतले अनुमोदन गरेपछि राष्ट्रपतिबाट उनीहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |