


काठमाडौँ : अग्रज पत्रकार अर्जुन ज्ञवालीको ८० वर्षको उमेरमा निधन भएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका-शंकरनगरका स्थायी बासिन्दा ज्ञवालीको काठमाडौंस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो।
केही समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित ज्ञवाली उपचाररत थिए। नेपाली पत्रकारितामा लामो समय योगदान दिएका उनी प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि परिचित थिए।
उनले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, गोपाल गोतामे स्वर्ण पदकलगायत विभिन्न राष्ट्रिय तथा प्रादेशिक सम्मान प्राप्त गरेका थिए। लुम्बिनी प्रदेश सरकारले पनि उनलाई सामाजिक सेवा पदकबाट सम्मान गरेको थियो।
उनको निधनप्रति पत्रकारिता क्षेत्र, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै नेपाली पत्रकारिताले एक अनुभवी र समर्पित व्यक्तित्व गुमाएको बताएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |