


काठमाडौँ : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत हुने भएको छ।
सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
प्रतिनिधि सभासँगै आजै दुई संसदीय समितिका बैठक पनि बस्दै छन्। संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रसार्वजनिक लेखा समितिमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलेका स्रेस्ता तथा कागजातका सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भने डिजिटल अर्थतन्त्रका विविध आयामबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |