


काठमाडौँ : पश्चिमी कोलम्बियालाई केन्द्रविन्दु बनाएर गएको ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ ।
काली, परेरा र मनिजालेस लगायतका प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा ८७ भन्दा बढी घाइते भएका छन् भने कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ। विपत्तिलगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशभर ‘राष्ट्रिय संकटकाल’ घोषणा गर्दै उद्धार तथा राहत कार्यको नेतृत्व आफैँ सम्हालेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार चोको प्रान्तको तातामा राष्ट्रिय निकुञ्जनजिकै १०७ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो। भूकम्पको धक्का पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो। प्रकोपका कारण १,५७५ भन्दा बढी घर, ६१ भवन, १८ स्वास्थ्य केन्द्र र ५२ विद्यालयमा क्षति पुगेको छ। भौतिक संरचनाको क्षतिको मूल्याङ्कनका लागि काली, परेरा र किब्डोसहित ६ वटा विमानस्थलको उडान सेवा पूर्ण रूपमा बन्द गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |