काठमाडौँ : नेपालीहरूको महान् पर्व बडादशैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि घरघरमा विधिपूर्वक घटस्थापना गरी आरम्भ भएको छ।
आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने यो पर्वको पहिलो दिन बिहानै दियो, कलश र गणेशको स्थापना गरी शक्तिपीठ तथा पूजा कोठाहरूमा वैदिक विधिअनुसार दुर्गा भवानीको आह्वान गरिएको छ। घटस्थापनाका अवसरमा नजिकैको नदी वा पवित्र स्थलबाट ल्याइएको बालुवा(माटोलाई गाईको गोबरले लिपपोत गरी तयार पारिएको दशैँ घरमा विधिपूर्वक जौ (यव) रोपण गरिएको छ।
दुर्गा देवीको प्रिय वस्तु मानिने जौ अङ्कुरित भएपछि समृद्धिको प्रतीक मानिने पहेँलो जमरा तयार हुन्छ, जसलाई विजयादशमीका दिन मान्यजनको हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |