काठमाडौं : नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै फरक धारणा सार्वजनिक भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णयमा पार्टीको कुनै हस्तक्षेप नरहेको दाबी गरेका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई हटाउने निर्णय पार्टीको निर्देशनअनुसार भएको बताएपछि खरेलले त्यसको खण्डन गरेका हुन्। उनले सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्ने भए पनि कसैलाई पदमा राख्न वा हटाउन निर्देशन नदिने स्पष्ट पारे।
मन्त्रिपरिषद्ले कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो। केही दिनअघि पत्रकार पक्राउ परेको घटनामा आदेश दिनेमाथि कारबाहीको माग गरेको रास्वपाले अहिले कार्कीमाथि कारबाही नभई जिम्मेवारी हेरफेर मात्र गरिएको सरकारको भनाइबारे स्पष्ट पार्नुपर्ने खरेलको तर्क छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |