• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

१ घण्टा अघि
२

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

१४ घण्टा अघि
३

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

१६ घण्टा अघि
४

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

१ दिन अघि
५

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

१ दिन अघि
६

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

१ दिन अघि
७

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

१ दिन अघि
८

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

१ दिन अघि
९

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

२ दिन अघि
१०

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

२ दिन अघि
११

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

२ दिन अघि
१२

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • निर्वाचनको रन्को: भावनाको व्यापार कि तथ्यको धरातल?

  • २०८२ फागुन ९, शनिबार (५ महिना अघि)

  • राज कुमार ढकाल

    विश्वकप फुटबल सुरु हुनुअघि हाम्रा चोक–चोकमा एउटा दृश्य आम बन्छ— “यसपालि त मेरै टोलीले जित्छ!” यो केवल एउटा अनुमान मात्र रहँदैन, कतिपयका लागि यो प्रतिष्ठा र बाजीको विषय बन्न पुग्छ। तर जब खेल सकिन्छ र नतिजा सोचेभन्दा उल्टो आउँछ, तब सुरु हुन्छ दोषारोपणको शृङ्खला। कसैले रेफ्रीलाई सराप्छन्, कसैले खेलाडीको क्षमतामाथि प्रश्न उठाउँछन् त कसैले प्रशिक्षकको रणनीतिलाई धारेहात लगाउँछन्। वास्तवमा, यो हार स्वीकार्न नसक्ने मानवीय स्वभाव र ‘आफू सधैँ सही’ हुनुपर्ने अहम्‌को पराकाष्ठा हो।

    उदेकलाग्दो कुरा के छ भने, यही मनोविज्ञान ठ्याक्कै निर्वाचनको समयमा पनि दोहोरिन्छ। खेलको बाजी जस्तै निर्वाचनमा पनि ठोकुवा गर्ने र “मैले भनेको उम्मेदवारले नजिते यसो गर्छु” भन्दै अतिवादी घोषणा गर्नेहरूको यहाँ कमी छैन। हामी अक्सर त्यही कुरालाई मात्र सत्य मान्छौँ, जुन हाम्रो पूर्वस्थापित मान्यता वा आस्थासँग मेल खान्छ। हामीले टेकेको धरातल र हाम्रो बुझाइको ‘प्यारामिटर’ जति छ, हाम्रा लागि संसार त्यति नै हो भन्ने भ्रममा हामी बाँचिरहेका छौँ। सत्य सापेक्ष हुन्छ भन्ने कुराबाट टाढिएर हामी अस्थिर विचारका बन्दी बनिरहेका छौँ।

    बौद्धिक कट्टरता र चुनावी मनोविज्ञान

    जसरी विश्वका कतिपय कट्टरपन्थी समूहहरू आफ्नै संवेग र एकोहोरो सोचका कारण सत्यभन्दा टाढा पुग्छन्, कतै हाम्रा राजनीतिक समर्थकहरू पनि त्यस्तै ‘बौद्धिक कट्टरता’ तर्फ ढल्किँदै त छैनन्? यो आजको गम्भीर प्रश्न हो। लोकतान्त्रिक मुलुकमा शासनको वैधानिकता प्राप्त गर्ने माध्यम निर्वाचन नै हो। तर चुनावी रन्को बढ्दै जाँदा मन परेको उम्मेदवारले नजिते “आत्महत्या गर्छु”, “देशै छोड्छु” वा “गाउँमै बस्दिनँ” भन्ने जस्ता अभिव्यक्ति सामाजिक सञ्जालमा सुनिन्छन्। यसले हामी मानसिक रूपमा कति भावनामा बहकिएका छौँ भन्ने प्रमाण दिन्छ। हामी आफ्नै विवेक प्रयोग गर्नुको सट्टा ‘एल्गोरिदम’ले पस्केका सूचनामा अन्धविश्वास गर्दै वाद र विचारको सिकार भइरहेका छौँ।

    प्रणालीको जटिलता र अनुत्तरित प्रश्नहरू

    सिद्धान्तको गफ गर्नु र जीवनको यथार्थ भोग्नुमा तात्त्विक फरक छ। खेलमा एउटाले हार्दा अर्कोले जित्छ, तर राजनीतिमा भावनामा बहकिएर लिइने गलत निर्णयले पुस्तौँसम्म असर पार्छ। नेपालको सन्दर्भमा निर्वाचन अक्सर ‘भावनाको व्यापार’ बन्ने गरेको छ। हामी कसैलाई जिताउन ज्यानै फालेर लाग्छौँ, तर जितेपछि उसले के गर्छ भन्नेमा हाम्रो बहस कमै हुन्छ। वर्तमान निर्वाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत दिन गाह्रो बनाइरहेको छ, जसका कारण सरकार फेरबदल भइरहने र नीतिगत अस्थिरता निम्तिने गरेको छ।

    यहाँ केही गम्भीर प्रश्नहरू छन्, जसको वरिपरि हामीले सोच्न जरुरी छः
    • के हामीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिएको हो?
    • बारम्बार फेरिने सरकारले गर्दा रोकिएका विकास आयोजनाको जिम्मा कसले लिने?
    • के चुनावी खर्च घटाउन र भ्रष्टाचार रोक्न निर्वाचन प्रणालीमै आमूल सुधार आवश्यक छैन?

    अर्थतन्त्र र जनजीविकाको सवाल

    भाषणमा “देश समृद्ध बनाउँछु” भन्नु एउटा कुरा हो, तर ठोस योजना हुनु अर्कै। बढ्दो महँगी र शिथिल अर्थतन्त्रलाई उकास्न उम्मेदवारसँग के ‘एक्सन प्लान’ छ? हरेक वर्ष श्रम बजारमा आउने पाँच लाख युवालाई स्वदेशमै रोक्ने आधार के हो? करिब ४०–५० लाख नेपाली विदेशमा छन्, जसको रेमिट्यान्सले अर्थतन्त्र धानेको छ। तर हामी उत्पादनमुखी प्रक्रियाबाट बाहिरिएर पूर्णतः उपभोक्तामुखी बनेका छौँ। पूरै अर्थतन्त्र बिचौलियाको हातमा हुँदा स्वाधीन अर्थतन्त्र कसरी निर्माण हुन सक्छ? चिन्तन यता हुनुपर्ने होइन र?

    अबको बाटो: सचेत नागरिक कि अन्धभक्त?

    संविधान कार्यान्वयनको १० वर्ष पुग्न लाग्दा संघीयताको प्रभावकारिता र यसको खर्चिलो ढाँचामाथि प्रश्न उठिरहेका छन्। विगतका घोषणापत्रहरू के–कति कार्यान्वयन भए? त्यसको वस्तुनिष्ठ समीक्षा गरेर राजनीतिक दलको विश्वसनीयता मापन गर्नु नै साँचो राजनीतिक बहस हो। राजनीतिक दलले जनताका रोजीरोटी र सेवा–सुविधाका सवालमा के–कस्ता एजेन्डा उठाएका छन्? उनीहरूले जीवनस्तरको गुणस्तर कसरी सुनिश्चित गर्छन्? चुनावी बहस यसमै केन्द्रित हुनुपर्छ।

    अन्त्यमा, हामी कुनै दलको अन्धभक्त कार्यकर्ता बन्ने कि सचेत नागरिक? अबको बहस “मेरो पार्टीले जित्नुपर्छ” भन्नेमा होइन, “मैले जिताएको मान्छेले देशको भविष्य र सुशासनको ग्यारेन्टी गर्छ कि गर्दैन?” भन्नेमा हुनुपर्छ। भावनाको आवेगमा आएर उग्र निर्णय लिनुभन्दा उम्मेदवारलाई प्रश्नले र्‍याखर्‍याख्ती पार्नु नै साँचो लोकतन्त्र हो। जबसम्म हामी तथ्यको धरातलमा उभिएर विवेकपूर्ण निर्णय गर्दैनौँ, तबसम्म हामी कुनै न कुनै पूर्वाग्रहको सिकार भइरहनेछौँ।

    • #निर्वाचनको रन्को: भावनाको व्यापार कि तथ्यको धरातल?
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ताजा समाचार
    १

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    २

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    ३

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ४

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    ५

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    ६

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ७

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ८

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ९

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    १०

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    समाचार
    थप

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution