


केशव चौलागाईँ
नागरिक समाजको आवाज र भूमिका अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी माध्यम मानिने हुँदा विगतमा नेपालमा पनि परिवर्तनका लागि उपयोगी भएको थियो। धार्मिक क्षेत्रले पनि सबै धार्मिक सम्प्रदायलाई “अन्तरधार्मिक परिषद् नेपाल” का रूपमा संगठित गरी सँगसँगै सहभागी भएको थियो। अबका दिनमा धार्मिक क्षेत्रले मात्रै पनि नागरिक सरोकारलाई परिणाममुखी बनाउन सक्ने अवस्थामा पुगेको छ। निम्न अवधारणाका आधारमा सशक्त भूमिका निभाउँदै समानान्तर संसद र सरकारको स्वरूप दिन सक्नेछ। छाया सरकारको प्रचलन भएजस्तै नागरिक सरकारको अवधारणा पनि गैरसरकारी क्षेत्रबाट दिन सकिन्छ।
संसद, द्वन्द्व व्यवस्थापन र धार्मिक पहल:
१. महिला तथा सामाजिक मामिला समिति: (सम्भावित ६ प्रकारका हिंसा उन्मूलनमा सबै आयोगहरूको सक्रियता)
क) शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता (समावेशी आयोग, आदिवासी तथा जनजाति आयोगसँगको सहकार्यमा)
ख) जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका (दलित आयोगसँगको सहकार्यमा)
ग) महिला र धर्म: द्वन्द्व रूपान्तरणका आधार (महिला आयोगसँगको सहकार्यमा)
घ) द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका (समाज कल्याण परिषद्सँगको सहकार्यमा)
ङ) रामायण र नेपाल (मधेसी आयोगसँगको सहकार्यमा)
च) स्वराज्य र मेलमिलाप (मुस्लिम आयोगसँगको सहकार्यमा)
एवं प्रकार अन्य सबै संसदीय समितिसँग मिलेर काम गर्ने कार्यपत्र, कार्यक्रम र डकुमेन्ट्रीहरू पनि भएकाले धार्मिक क्षेत्रले शान्ति, समृद्धि र राष्ट्रिय सुरक्षामा निर्णायक भूमिका निभाउन सक्नेछ। संसदीय समितिले अभिभावकीय भूमिका निभाउन सक्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |