


काठमाडौँ : शरिरमा पेट्रोल खन्याएर आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपाली गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिए पनि शुक्रबार उपचारकै क्रममा मृत्यु भएको थियो।
घटनापछि पीडित परिवार र सरकारबीच आइतबार नौबुँदे सहमति भएपछि शव अन्त्येष्टिका लागि आर्यघाट लगिएको हो। सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउनेलगायत विषय समेटिएका छन्।
नेपालीको आत्मदाहको घटनाले सार्वजनिक सेवा प्रवाह, प्रशासनिक उत्तरदायित्व र नागरिकको गुनासो सम्बोधनका विषयमा व्यापक बहससमेत सुरु भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |