


काठमाडौँ : सत्तारुढ रास्वपा सांसद मनिष झाले सरकारको नियत र इमानदारीमा प्रश्न नरहे पनि राज्य सञ्चालनको शैलीमा अझै सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले सरकार सञ्चालनमा केही ठाउँमा ‘ढंग नपुगेको’ महसुस भएको टिप्पणी गरेका हुन्।
राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने उनको भनाइ थियो। झाले आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले राज्य सञ्चालनमा समस्या निम्त्याउने भन्दै अज्ञानता स्वीकारेर सिक्ने संस्कार विकास गर्नुपर्ने बताए।
‘इन्टिग्रिटीको प्रश्न छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कता कता ढंग नपुगेको हो कि जस्तो लाग्छ। त्यो स्वीकार्नुपर्छ,’ उनले भने।
राज्य सञ्चालनका विभिन्न पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै झाले सरकारले आफ्ना कमजोरी स्वीकारेर अघि बढ्नुपर्ने बताए। आफूलाई सबै कुरा थाहा छ भन्ने भ्रम त्यागेर हरेक दिन राज्य प्रणाली सञ्चालनको तौरतरिका सुधार गर्नुपर्ने उनको जोड थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |