


काठमाडौँ : मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली रहने तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र बागमतीका पहाडी भागका धेरै स्थान तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने कर्णालीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |