


काठमाडौँ : बजारमा देखिएको चरम खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ७२ घण्टाभित्र आपूर्ति सहज नभए नेपाल बन्द गर्ने चेतावनी दिएको छ। पार्टीका महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारको नीतिका कारण सर्वहारा वर्ग, मजदुर र किसान चरम मारमा परेको आरोप लगाइएको छ।
विज्ञप्तिमा ७२ घण्टाभित्र ग्यासको सहज आपूर्ति र मूल्यवृद्धि नियन्त्रण नभए आमहड्तालका कार्यक्रम घोषणा गर्ने उल्लेख छ। साथै, ग्यास डिपोहरूमा कालोबजारी रोक्न आफ्ना कार्यकर्तालाई बजार अनुगमन र छापा मार्नसमेत निर्देशन दिइएको छ।
ग्यास अभावका साथै मिटरब्याजी, लघुवित्तको शोषण, करवृद्धि तथा शिक्षा(स्वास्थ्यमा भएको व्यापारीकरणको विरोध गर्दै पार्टीले मजदुर, सुकुम्बासी र किसानका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्न माग गरेको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |