

काठमाडौँ : संसद्मा बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ गोली हान्ने वा कडा कानुन बनाउनुपर्ने माग उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमाणित दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै यस्तो आह्वान गरेका हुन्।
देशमा लगातार घटिरहेका बलात्कार र हत्याका घटनाप्रति आक्रोश व्यक्त गर्दै सांसद सुनारले भने, ‘हामीसँग बलात्कार र हत्याका घटनाको लामो फेहरिस्त छ, जसका विषयमा घण्टौँ छलफल गर्न सकिन्छ। तर, अब छलफल मात्र होइन, हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँर ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी ?
चेलीबेटीहरूको निर्बाध बाँच्न पाउने र नाच्न पाउने मौलिक अधिकारको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिँदै उनले कडा कानुनी प्रबन्धको खाँचो औँल्याए। दोषीलाई तत्कालै कडा कारबाही गर्ने व्यवस्था नभएसम्म पीडितले न्याय नपाउने भन्दै उनको यो भनाइले संसद्मा ठुलो तरंग पैदा गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |