

काठमाडौँ : कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार रातिदेखि नै सुरु हुने यो मौसमी प्रणाली मंगलबारसम्म कायम रहनेछ। महाशाखाका अनुसार सोमबार देशका धेरैजसो पहाडी भू(भागमा मध्यम वर्षा हुनुका साथै हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। सोही दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।
यस्तै मंगलबार देशभर आंशिकदेखि साधारणतया बादल लाग्नेछ। हिमाली क्षेत्रमा हिमपात र मध्यम वर्षाका साथै तीनवटै प्रदेशका पहाडी भू(भागमा पुनः भारी वर्षाको सम्भावना छ। वर्षाका कारण पहिरो र नदीहरूमा बहाव बढ्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |