

काठमाडौँ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।
सिम्ली बजारतर्फबाट आइरहेको भे १ ज १४४२ नम्बरको गाडीको ठक्करबाट गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार घर भएका २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको हो।
लक्ष्मी सनराइज बैंकको मुसिकोट शाखामा कार्यरत श्रीमानलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला उनीहरूलाई गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आमा छोरीकै शव जिल्ला अस्पतालमा राखिएको छ। प्रहरीले ठक्कर दिने गाडी नियन्त्रणमा लिनुका साथै चालक सानीभेरी गाउँपालिका–३ का अमर विकलाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |