

केशवप्रसाद चौलागाईं
त्रिपुर भैरवी,बालुखा टोल,ललितपुर महानगरपालिका बाट यश बर्ष प्रारम्भ भएको दशमहाविद्या पूजन तथा परिक्रमा अभौतिक सम्पदा र स्वराज्यको मूर्तरुपको अनुभुती गराउदै सफल भएको छ।सम्पुर्ण सृष्टि लाई प्रतिनिधित्व गर्ने दशमहाविद्याहरुको उपस्थिति का कारण ललितपुर सृष्टि ,ज्ञान र सम्पदाको विश्वकेन्द्र बन्दै गइरहेको छ।शरीर सञ्चालनमा दस इन्द्रियहरुको प्रमुख भूमिका रहेझै सृष्टि सञ्चालनमा पनि दशमहाविद्याको प्रमुख रहेकाले ललितपुरमा दशमहाविद्या प्रति आस्था बढ्दै गइरहेको पाइन्छ ।त्रिपुर भैरवी,कमला( पुर्णचण्डी) तारा भूवनेश्वरी,बगलामुखी,धुमावती,मातङ्गी,छिन्नमस्ता,षोडसी( त्रिपुरासुन्दरी) र काली दशमहाविद्याका रुपमा पुजित हुदै आइरहनु भएको छ।
राज्य सञ्चालनमा शक्ति ,समृद्ध र स्वराज्यको आबश्यक्तालाई परिपुर्ति गर्ने दशमहाविद्याको ज्ञान र अभ्यास सबैका लागि अनुकरणीय रहेको छ।सबै जाती,संस्कृतिको बिना भेदभाव हुने संलग्नताले समावेशी ,धार्मिक सहिष्णुता र मेलमिलापले नगरको एकता बनाइ राख्न मद्दत गरेको छ।हालै प्रतिनिधि सभामा ” अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ,२०८१ ” पारित हुने क्रममा छलफलमा रहेकोमा दशमहाविद्या पूजा तथा परिक्रमाले पनि विधेयक चाडै पारित गराउन मद्दत पुग्नेछ ।नेपाली सौम्यशक्तिका रुपमा समेत महत्त्वपूर्ण स्थान बनाउन नगरवासीहरुको प्रयास सफल बन्नेछ ।गुरु बिष्णुचन्द्र राजोपाध्यायको नेतृत्वमा सम्पन्न दशमहाविद्या पूजनमा स्थानीय रामप्रसाद गिरी लगायतका कर्ताहरुको संलग्नता ,अशोक श्रेष्ठको समन्वय र प्रेरणा,विभिन्न भजन समूह,संगीत टोली ,सशस्त्र प्रहरीको व्याण्डबाजा,महिला भक्तसमुहको पूजा सामग्री सहितको सहभागिता नगर जागरणको आधार बन्न पुग्दछ।
विश्वमा बढ्दो द्वन्द्व को प्रभाव,बढ्दो पृथ्वीको तापक्रमका कारण उत्पन्न बाढी पहिरोको त्रासदी भोग्नु परिरहेको वर्तमान अबस्थामा सर्वत्र शान्तिका लागि समेत यस्तो पुजन साधनाले मद्दत पुर्याउने जनविश्वास रहेको पाइन्छ ।” द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका ,” अनुसन्धानलाई मुर्तरुप दिन समेत सहयोगी बन्नेछ ।पूजा तथा परिक्रमामा भेटिएका सगरमाथा आरोही कल्पना महर्जन,भारतीय साधिका नभ्या,डा मेघ प्रसाद खरेल,ओसो सन्यासी ठाकुर देवकोटा का अनुभुती र आस्था पनि मननिय रहेका छन।सबै क्षेत्र र बर्गको सहभागिताले अमुर्त सम्पदाको प्रभाव र महत्त्वलाई बुझ्न सहज भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |