काठमाडौँ : भेला र महाधिवेशनका नाममा पार्टीको आधिकारिक नाम, लेटरप्याड, चारतारे झण्डा तथा चुनाव चिह्न ‘रुख’ को अनधिकृत प्रयोग भइरहेको ठहर गर्दै नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहविरुद्ध विधान र प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउने चेतावनी दिएको छ।
केन्द्रीय कार्यसमितिको बैठकपछि महामन्त्री प्रदीप पौडेलले यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै कार्यकर्ता र शुभेच्छुकमा भ्रम छरेको बताए।
आधिकारिक गतिविधिका रूपमा भ्रामक प्रचारप्रसार गर्ने कार्य तत्काल रोक्न आग्रह गर्दै बैठकले अटेर गर्ने व्यक्ति वा समूहमाथि कठोर कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |