काठमाडौं : काठमाडौंको बानेश्वर क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कामलाई अन्तिम रूप दिन नेपाल विद्युत् प्राधिकरणले चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणको बानेश्वर वितरण केन्द्रले मङ्सिर १२ देखि १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न क्षेत्रमा विद्युत् कटौती हुने जनाएको हो।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत गरिएका केबलमा आवश्यक प्राविधिक काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको केन्द्रले जनाएको छ।
सूचनाअनुसार मङ्सिर १२ गते आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग र नापी विभाग क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।
त्यस्तै, १३ गते शंखमूल मार्ग, १४ गते बुद्धनगर र बिजुली बजार तथा १५ गते ३१ नम्बर वडा कार्यालय र तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत् कटौती हुनेछ।
केन्द्रले तोकिएको समयमा काम सम्पन्न गरी विद्युत् आपूर्ति नियमित गर्ने जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |