काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते हिंसात्मक गतिविधिमार्फत आफूलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरिएको दाबी गर्दै त्यसबेला राज्य संयन्त्रले साथ नदिएको बताएका छन्।
सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भदौ २३ र २४ का घटनालाई पूर्वयोजनासँग जोडे। जोखिमबारे जानकारी हुँदाहुँदै पनि राज्य संयन्त्रको असहयोगले रोकथाम गर्न नसकिएको उनको भनाइ छ। बंगलादेश र श्रीलंकाका घटनाको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै अवस्था बनाउने तयारी पहिलेदेखि रहेको दाबी गरे।
घटना थाहा पाएर पनि किन नरोकेको भन्ने प्रश्नमा उनले अष्टमीको बोकाको उदाहरण दिए, खुकुरी देखेर पनि बोकाले के गर्छ ? राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्छ ? उनले भने ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |