काठमाडौं : देशमा तत्काल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश भूभागको मौसम सफा रहने भएको छ। हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा बिहान हुस्सु र तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। भोलि बिहान उपत्यका, खोँच तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |