काठमाडौं : वैदेशिक रोजगारीका सपना बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लाखौं नेपाली युवा विदेशतिर लाग्छन्।
तीमध्ये धेरैलाई मार्गदर्शन गर्ने संस्थाहरू छन्, जसलाई हामी म्यानपावर कम्पनी भन्छौं। तर तीमध्ये सबै समान हैसियतमा छैनन्। यही समूहमा एउटा नाम पछिल्लो समय अग्रपंक्तिमा छ—निलकमल ह्युमन रिसोर्सेस प्रा.लि। श्रम तथा रोजगार विभागको २०८१÷८२ को वार्षिक प्रतिवेदनले निलकमललाई शीर्ष स्थानमा राखेको छ।
कम्पनीले एकै वर्षमा ८ हजार ६७३ नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठायो। तीमध्ये ८ हजार ७९ पुरुष र ५९४ महिला थिए, जसले युएई, ओमन, बहराइन, मलेसिया जस्ता देशहरू रोजे। के निलकमल सफलताको शिखरमा पुग्नु केवल संयोग हो ? विभागको विश्लेषणले भन्छ-होइन। भाषा दक्षता, तालिम, तथा अभिमुखीकरण प्रशिक्षणमा ध्यान दिने कम्पनीहरूले नै श्रमिक आपूर्तिमा अग्रता लिएका छन्। निलकमलले पनि यही नीति अवलम्बन गर्दै खाडी लगायतका देशमा श्रमिक पठाउँदै आएको छ ।
निलकमलपछि प्याराडाइज इन्टरनेशनल र एसओएस म्यानपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। तीनवटै कम्पनीले मिलेर मात्र करिब २५ हजार नेपालीलाई विदेशमा रोजगारीका अवसर दिलाए। समग्रमा, गत आर्थिक वर्षमा मात्र ८ लाख ३९ हजार २६६ नेपालीले वैदेशिक रोजगारको स्वीकृति लिएका छन्।